अर्जुनधारालाई दोस्रो नव युवा गोल्डकपको उपाधि | Khabarhub Khabarhub

अर्जुनधारालाई दोस्रो नव युवा गोल्डकपको उपाधि


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बडादसैँको अवसरमा अर्जुनधारा नगरपालिकामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जितेको छ ।

अर्जुनधारा खेलमैदानमा आज भएको फाइनल खेलमा उपाधि जितेसँगै अर्जुनधारा स्पोर्टिङ क्लबले रु एक लाख नगदसहित शिल्ड हात पारेको छ । उपविजेता बनेको बिर्तामोड युनाइटेडले रु ५१ हजारमा चित्त बुझाएको छ ।

यही असोज ९ गतेदेखि सुरु भएको गोल्डकपको फाइनल खेलमा बिर्तामोड युनाइटेडलाई २–० गोलको नतिजाबाट स्तब्ध पार्दै अर्जुनधाराले उपाधि रक्षा गरेको हो ।

आयोजक अर्जुनधाराका लागि विकास खवास र सौरभ लिम्बूले गोल गरे । रोमाञ्चक खेलमा बिर्तामोडले दबाब सिर्जना गरे पनि सुरुआती अग्रता अर्जुनधाराले लिएको थियो । खेलको १२औँ मिनेटमा अर्जुनधाराका विकास खवासले गोल गर्दै अग्रता दिलाए ।

निरन्तर दबाब दिइरहेको बिर्तामोडले केही समय अर्जुनधाराको हाफ ग्राउण्ड नै कब्जा गरे पनि स्कोर गर्न भने सकेन । घरेलु मैदानमा घरेलु समर्थकको पाएको समर्थनले अर्जुनधाराले दोस्रो हाफमा थप गोल गर्न सफल रह्यो ।

खेलको ५५औँ मिनेटमा अर्जुनधाराका सौरभ लिम्बूले गोल गरेका हुन् । उनले वान भर्सेज वानमा बिर्तामोडका गोलरक्षकलाई बिट गर्दै रित्तो पोस्टमा गोल गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच आयोजकका सौरभ लिम्बू घोषित भए । खेलको बेस्ट डिफेन्स एजिस खड्का, बेस्ट मिडफिल्डर रोमन भुजेल, राइजिङ प्लेयर निश्चल बस्नेत घोषित हुँदा सर्वाधिक गोलकर्ता पनि आयोजककै पुजन राई बने । उनले सर्वाधिक ३ गोल गरेका थिए ।

अर्जुनधारा–४ र ७ मा रहेको नव युवा क्लब र अर्जुनधारा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको आज समापन अवसरमा स्थानीय पूर्वखेलाडी र जग्गादातालाई सम्मान गरिएको थियो ।

पूर्व खेलाडीहरु धनबहादुर काफ्ले, खुसबहादुर खड्का र कृष्णबहादुर थापालाई सम्मान गरिएको थियो भने जग्गादाता भीम काफ्लेलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले सम्मान प्रदान गरे ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ०० बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी