अर्जुनधारालाई दोस्रो नव युवा गोल्डकपको उपाधि « Khabarhub

अर्जुनधारालाई दोस्रो नव युवा गोल्डकपको उपाधि


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बडादसैँको अवसरमा अर्जुनधारा नगरपालिकामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जितेको छ ।

अर्जुनधारा खेलमैदानमा आज भएको फाइनल खेलमा उपाधि जितेसँगै अर्जुनधारा स्पोर्टिङ क्लबले रु एक लाख नगदसहित शिल्ड हात पारेको छ । उपविजेता बनेको बिर्तामोड युनाइटेडले रु ५१ हजारमा चित्त बुझाएको छ ।

यही असोज ९ गतेदेखि सुरु भएको गोल्डकपको फाइनल खेलमा बिर्तामोड युनाइटेडलाई २–० गोलको नतिजाबाट स्तब्ध पार्दै अर्जुनधाराले उपाधि रक्षा गरेको हो ।

आयोजक अर्जुनधाराका लागि विकास खवास र सौरभ लिम्बूले गोल गरे । रोमाञ्चक खेलमा बिर्तामोडले दबाब सिर्जना गरे पनि सुरुआती अग्रता अर्जुनधाराले लिएको थियो । खेलको १२औँ मिनेटमा अर्जुनधाराका विकास खवासले गोल गर्दै अग्रता दिलाए ।

निरन्तर दबाब दिइरहेको बिर्तामोडले केही समय अर्जुनधाराको हाफ ग्राउण्ड नै कब्जा गरे पनि स्कोर गर्न भने सकेन । घरेलु मैदानमा घरेलु समर्थकको पाएको समर्थनले अर्जुनधाराले दोस्रो हाफमा थप गोल गर्न सफल रह्यो ।

खेलको ५५औँ मिनेटमा अर्जुनधाराका सौरभ लिम्बूले गोल गरेका हुन् । उनले वान भर्सेज वानमा बिर्तामोडका गोलरक्षकलाई बिट गर्दै रित्तो पोस्टमा गोल गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच आयोजकका सौरभ लिम्बू घोषित भए । खेलको बेस्ट डिफेन्स एजिस खड्का, बेस्ट मिडफिल्डर रोमन भुजेल, राइजिङ प्लेयर निश्चल बस्नेत घोषित हुँदा सर्वाधिक गोलकर्ता पनि आयोजककै पुजन राई बने । उनले सर्वाधिक ३ गोल गरेका थिए ।

अर्जुनधारा–४ र ७ मा रहेको नव युवा क्लब र अर्जुनधारा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको आज समापन अवसरमा स्थानीय पूर्वखेलाडी र जग्गादातालाई सम्मान गरिएको थियो ।

पूर्व खेलाडीहरु धनबहादुर काफ्ले, खुसबहादुर खड्का र कृष्णबहादुर थापालाई सम्मान गरिएको थियो भने जग्गादाता भीम काफ्लेलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले सम्मान प्रदान गरे ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ०० बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय