घर र भवनको नक्सा पास गर्न महानगरले दियो सय दिनको समय | Khabarhub Khabarhub

घर र भवनको नक्सा पास गर्न महानगरले दियो सय दिनको समय


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरवासीलाई आग्रह गरेको छ ।

‘विराटनगर महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएको (तल्ला थपको नक्सा पास नगरेको समेत) र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सूचना प्रकाशित भएको मितिले सय दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत÷नियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायलाई अनुरोध छ’, महानगरको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनको विवरण सङ्कलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही भई जाने ब्यहोरा सूचित गरिन्छ ।’

महानगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसँगै सुशासन, महानगर सरसफाइ, फुटपाथ खाली, नाला सफाइ, डुबान समस्या समाधानलगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाइएको छ ।

महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले एक तले घर र भवनको नक्सा पास गरेर तीन/चार तलेसम्म बनाएको पाइएको बताए । उनकाअनुसार त्यस्ता घरधनीका लागि पनि यो सूचना हो । यसअघि असोज १४ गते महानगरले सीमा पर्खाल नियमित गर्न र अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सूचना प्रकाशित गरिसकेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ५७ बजे

एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौंं – नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट

महामन्त्री निस्किन खोजेपछि रविले गरे बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका

कृष्णसार संरक्षणमा प्रदेश सरकार गम्भीर बन्नु पर्नेमा जोड

बर्दिया – लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको

विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौं– अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा

आजका समाचार : रास्वपा बैठकमै विवाद, मुकुलले मुखमा टेप टाँसे, एमालेले समर्थन फिर्ता लियो 

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै नेकपा (एमाले)