नवौँ राष्ट्रिय खेलकुद : सशस्त्र र गण्डकी विजयी « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : सशस्त्र र गण्डकी विजयी


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वालिङ– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित खेलमैदानमा भएको महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी र गण्डकी प्रदेश विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच आज भएको अन्तिम खेल गोलरहित बराबरीमा सकिएको छ ।

सशस्त्र प्रहरीले प्रदेश नं १ लाई ७–१ गोल अन्तरले पराजित गरेको हो । सशस्त्रको जितका लागि सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गरिन् । उनले खेलको २२, ४०, ४५, ५१, ५८ र ६५ मिनेटमा गोल गरेकी हुन् । ६०औँ मिनेटमा अनिता केसीले सशस्त्रका लागि एक गोल गरिन् । सावित्राले पहिलो गोल गरेको दुई मिनेटमै प्रदेश नं १ की अञ्जना थुलुङ्गे राईले एक गोल गरेकी थिइन् । 

दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको छ । गण्डकी प्रदेशका लागि प्रतियोगिताको ३३औँ मिनेटमा शान्ता नेपालीले पहिलो गोल गर्दै अग्रता दिलाएकी हुन् । उदया थापाले दुई गोल गरिन् । उनले प्रतियोगिताको ५८औँ६६औँ मिनेटमा दोस्रो र तेस्रो गोल गरेर जित सुनिश्चित गरेकी हुन् ।

अन्तिम प्रतियोगिता सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो । मधेस प्रदेश हिजो त्रिभुवन आर्मी क्लबसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा गण्डकी प्रदेशसहित सात वटा प्रदेशबाट एक/एक टिम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबको एक टिम गरी कूल १० टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर गुरुङले बताए । शनिबार तीन वटा प्रतियोगिता हुने छ । भोलि पहिलो प्रतियोगिता सशस्त्र प्रहरी र कर्णाली प्रदेश, दोस्रो प्रतियोगिता गण्डकी प्रदेश र प्रदेश नं १, तेस्रो बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै