मोटोपन हटाउन पिउनुहोस् तातोपानी | Khabarhub Khabarhub

मोटोपन हटाउन पिउनुहोस् तातोपानी


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पानी मानिसका लागि अत्यावश्यक कुरा हो । हाम्रो शरीरको अधिकांश हिस्सा नै पानीले ओगटेको हुन्छ ।

चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६–७ लिटर शुद्ध पानी पिउनु पर्ने सल्लाह दिन्छन् । चिसो र तातो दुवै प्रकारको पानी पिउने गरिन्छ । तर स्वास्थ्यका लागि भने तातोपानी उपयोगी हुने देखिएको छ ।

तातोपानी पिउँदा शरीर सुद्धीकरण हुनुका साथै चिसोबाट बचाउने, मोटोपन घटाउने लगायतका फाइदा हुन्छन् ।

पाचन प्रणाली सुधार्न

तातो पानीले शरीरको शुद्धीकरण गर्छ । उमालेको पानी आफैँमा शुद्ध त हुन्छ नै यसले शरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि तपाईंको पाचन प्रणालीमा गडबडी छ भने दिनको दुईपटक तातो पानी पिउनुहोस् ।

बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्त्वहरू मूत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढी लाभदायी हुने बताइएको छ ।

शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाईंले दिनहुँ बिहान कम्तिमा एक गिलास तातो पानी पिउनुभयो भने कब्जियतको समस्या दूर हुनेछ ।

मोटोपना नियन्त्रण

बिहान वा खानापछि हरेकपटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने गर्नुहोस् । यसले तपाईंको मोटोपना नियन्त्रणमा पनि सघाउ पुर्‍याउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।

चिसोबाट सुरक्षा

तातोपानीले चिसोबाट जोगाउँछ । घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ । जब तपाईं कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ शरीरबाट पसिना निस्कन थाल्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढि भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धिकरण्ँमा सहयोग पूर्‍याउँछ ।

महिनावारीमा पेट दुखाई कम

प्राय: महिलाहरूमा महिनावारीका समयमा पेट दुख्ने गर्छ । महिनावारीको समयमा पेट दुख्दा तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसले केवल महिनावारीको दुखाइ मात्र होइन टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : २७ बजे

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने