‘संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व गठबन्धनले गर्ने’ « Khabarhub

‘संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व गठबन्धनले गर्ने’


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनले गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । निर्वाचन केन्द्रित कार्यक्रमका लागि आज सुर्खेत आएका उनले सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अथक प्रयासपछि ल्याइएको नेपालको संविधान रक्षा र देशको  समृद्धिका लागि अहिले बनेको वाम लोकतान्त्रिक गठबन्धनले मात्रै नेतृत्व गर्ने बताएका हुन् । 

उपसभापति खड्काले भने, ‘विगतमा दुई/दुई पटक संसद् विघटन गरेर संविधान र व्यवस्थालाई नै असर पार्ने प्रयासलाई परास्त गर्न अहिलेको गठबन्धन बनेकाले संविधान र व्यवस्थाको रक्षासँगै देशको समृद्धिका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउन म आग्रह गर्दछु ।’

‘देशलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने संकल्प गठबन्धनको रहेको र आगामी निर्वाचनपछि बलियो र स्थिर सरकार बनाउन पनि हाम्रा साझा उम्मेदवारलाई जिताउनुहोस्’, उनले भने ।

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहेका उपसभापति खड्काले आगामी मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा र जनताका अधिकार स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका दलले जिते मात्रै अहिलेको संविधान र व्यवस्थाको रक्षा हुने बताए ।

प्रदेश र केन्द्र सरकार वाम लोकतान्त्रिक गठबन्धन  बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनालाई अवसरमा बदल्न सकिने बताउँदै  उनले सुर्खेतमा आफूहरूले सुरु गरेको विकास तथा निर्माणका काम पूरा गर्न र कृषि रोजगार, शिक्षा स्वास्थ्यमा सबै नागरिकको पहुँच  पुर्‍याउने  काम आफ्नो ध्यानकेन्द्रित हुने उनको भनाइ थियो ।  

फरक प्रसङ्गमा उपसभापति खड्काले सुर्खेत विमानस्थल विस्तारका लागि केही प्राविधिक समस्या रहेको र यसबाट असर पर्ने नागरिकको समस्यालाई पनि बुझ्नुपर्ने बताए। उनले विमानस्थल विस्तारका लागि अन्य वैकल्पिक ठाउँको पनि खोजी भएकाले यस विषयलाई लिएर राजनीति नगर्न आग्रह गरे । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ३ : ४१ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर