कोपा अमेरिकाबाट बाहिरियो उरुग्वे, सेमिफाइनल समिकरण पूरा « Khabarhub

कोपा अमेरिकाबाट बाहिरियो उरुग्वे, सेमिफाइनल समिकरण पूरा


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका फुटबल प्रतियोगिताबाट उरुग्वे बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा उरुग्वे पेरुसंग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा उरुग्वे पेरुसँग ५–४ ले पराजित भयो ।

स्पेनिस महारथी क्लब बार्सिलोनाका स्टार लुईस स्वारेजको पेनाल्टी प्रहार असफल बन्दा उरुग्वे पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

पेरुका लागि इडिसन फ्लोरेस, लुइस एड्भिन्कुला, योसिमार योटिन, राउल रुइडियज र पाओलो गुरेरोले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएपछि पेरुले उरुग्वेमाथि जित हात पारेको हो ।

यस्तै, उरुग्वेका लागि लुइस स्वारेजबाहेक ४ जना खेलाडीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थिए । जसमा लुकास टोरिरा डे पासुका, रोड्रिगो बेन्टानकुर, क्रिष्टियन स्टुआन रइडिनसन काभानिले गोल गरेका थिए ।

१५ पटकको कोपा अमेरिका फुटबल च्याम्पियन उरुग्वे क्वाटरफाईनलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

सेमिफाईनल प्रवेश गरेको पेरुले सेमिफाईनलमा चिलीसंग प्रतिस्पर्धा गर्नेछ । आयोजक ब्राजिलले अर्जेन्टिनासंग खेल्नेछ । योसँगै कोपा अमेरिकाको सेमिफाइन्ल समिकरण पुरा भएको छ । जसमा अर्जेन्टिनाले ब्राजिल र पेरुले चिलीसँग खेल्नेछ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ११ : १३ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली