एस्टन भिल्लाको नयाँ प्रशिक्षकमा इमिरे नियुक्त | Khabarhub Khabarhub

एस्टन भिल्लाको नयाँ प्रशिक्षकमा इमिरे नियुक्त


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाले युनेइ इमिरेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ। इमिरेले नोभेम्बर एकबाट टोलीको प्रशिक्षण सम्हाल्ने भिल्लाले जनाएको छ।

एस्टन भिल्लाले केही दिन अघि मात्र प्रशिक्षक स्टेभिन जरार्डलाई बर्खास्त गरेको थियो। एस्टन भिल्लाले नोभम्बर ६ मा म्यानचेस्टर युनाइटेडलाई आतिथ्यता गर्दैछ।

सो खेल इमिरेका लागि एस्टन भिल्लाको प्रशिक्षकको रुपमा पहिलो खेल हुनेछ। इमिरेले यसअघि सन् २०१८ देखी २०१९ सम्म आर्सनलको प्रशिक्षण सम्हालेका थिए।

उनको प्रशिक्षणमा आर्सनलले प्रिमियर लिगको पाँचौं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो। युरोपा लिगको फाइनल सम्मको यात्रा तय गरेको थियो। फाइनलमा भने उनको टोली चेल्सीसँग पराजित भएको थियो।

आर्सनल छोडेपछि सन् २०२० मा इमिरेले स्पेनिस ला लिगाको क्लब भियारियालको प्रशिक्षण सम्हालेका थिए। इमिरेको प्रशिक्षणमा भियारियालले युरोपा लिग जितेको थियो। त्यस्तै, गत सिजन भियारियालले उनकै प्रशिक्षणमा च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : ३५ बजे

‘जारी २’ले दोस्रो पटक गर्‍यो सेन्सर, किन ?

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’ले

एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली फुटबल टोलीको बिदाइ

काठमाडौं– बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोटमा

संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको

‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’

काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले