मतदातासँग भोट माग्दै गृहमन्त्री खाण « Khabarhub

मतदातासँग भोट माग्दै गृहमन्त्री खाण


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रूपन्देही- ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् ।

उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाताकहाँ पुग्ने गरेका छन् । खाँणलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन् । उनी साना साना व्यक्तिबाट भोट बैंक बनेका हुन् । पाण्डेकै सल्लाहअनुसार गृहमन्त्री साना साना व्यवसायीको घरघरमा पुग्ने गरेका छन् ।

स्थानीय व्यवसायी रामनाथ गुप्ताले अहिलेसम्म गृहमन्त्री आफ्नो घर पसलमा यसरी भोट माग्न नआएको बताए । ‘उहाँ धेरैपटक ठूल्ठूला ओेहोदामा पुग्नु भयो, तर अहिले जसरी भोट माग्न आउनु भएको थिएन । तर, अहिले भने आउनु भएको छ,’ उनले भने ।

गृहमन्त्री खाण दीपावलीको दिन बैंक रोड, मिलनचोक, गल्लामण्डी, मैत्री पथमा भोट माग्न पुगेका थिए । उनी भोट माग्न जाने बेला सादा पोसाकका प्रहरी पुग्ने गरेका छन् । यसअघि गृहमन्त्री खाँणले आफ्ना निर्वाचन क्षेत्रका सबैलाई दशैँ तिहारको शुभकामना कार्ड पठाएका थिए । उनले सबैको नामसमेत उल्लेख गरी कार्ड पठाएका थिए । 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : ३४ बजे

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक