गणतन्त्र र संघीयता बचाउन गठबन्धन : सहमहामन्त्री परियार « Khabarhub

गणतन्त्र र संघीयता बचाउन गठबन्धन : सहमहामन्त्री परियार


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेसका  ले संविधान, लोकतान्त्रिक गणतन्त्र र संघीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं नेपाल संवत् ११४३ नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गर्दै उनले गठबन्धन चुनावी अभियान मात्र नभई राष्ट्रलाई संकटबाट जोगाउनका लागि पनि भएको बताए । 

सहमहामन्त्री परियारले लोकतन्त्र र गणतन्त्र अझै खतरामा रहेकाले एमालेले संविधान धुजाधुजा पार्ने कार्य गरेकाले देशको संविधान, लोकतन्त्र र राष्ट्रियता बचाउन पनि आउँदो निर्वाचनमा गठबन्धन अपरिहार्य भएको बताए । उनले भने, ‘एमालेको साँठगाँठ दक्षिणपन्थी र राजावादीसँग छ, त्यसका विरुद्ध पाँच दलीय गठबन्धन बनेको हो, चुनावपछि पनि यो गठबन्धनले निरन्तरता पाउँछ, त्यसैले हिजोका दिनमा रुखमा भोट हाल्नेले पनि अब हसियाँ हथौडा र कलममा भोट हाल्न नहिच्किचाउनुसु ।’

टिकट बाँड्दा पार्टीको केही कमीकमजोरी रहेको स्वीकार्दै परियारले यसको जिम्मेवारी आफूले पनि लिने बताए। उनले यस्ता कमजोरीलाई बिर्सेर निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई विजयी बनाउन कार्यकर्ता हिँड्नुपर्ने बताए । कार्यक्रममा उनले नेपाल संवत् ११४३ नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गरे। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा कोइराला, मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेल, राज्यमन्त्री रजनी जोन्छे, नेता बाबुराजा जोशी, नारायण तमखुलगायतले निर्वाचन एकमात्र दृष्टि रहेको र यसलाई सफल पार्ने बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : ४५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा