उपभोक्ताको रोजाइमा अल्लोको टोपी « Khabarhub

उपभोक्ताको रोजाइमा अल्लोको टोपी


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – तिहारको मध्य समय तिहार आएसँगै फुङ्लिङ नगरपालिका–४ का उशन फुरुम्बूको व्यस्तता बढेको छ । तिहारका लागि अल्लोको टोपीको माग बढेको छ । माग धान्न अहिले अल्लोको धागो खेलाउन दैनिकी बनेको छ ।

फुरुम्बु बिहानैदेखि रातिसम्म कपडा सिलाउने मेसिनमा अल्लोको टोपी सिलाउनुमा व्यस्त छन् । मेसिन चलाउनु, धागो र कैँची खेलाउन उहाँको पुर्ख्यौली पेसा भने होइन । तीन चार महिना अगाडि मात्र यी काम उनले सिकेका हुन् । उनकी श्रीमती आशा लिम्बूले ताप्लेजुङमा पहिलोपटक उत्तम अल्लो कपडा उद्योग सञ्चालनमा ल्याइन् । लिम्बू आफैँले अल्लोको धागो बनाएर कपडा बुन्थे। विस्तारै अल्लोको कपडा उत्पादन हुनथाल्यो । फुरुम्बुले उत्पादन भएको अल्लोको कपडा ढाकाको टोपी बुन्न सिक्न थाले । सिकेको चार पाँच महिनामा राम्रो टोपी सिलाउन थाले ।

अहिले उनी माग आएको अल्लोको टोपी सिलाउनमा व्यस्त छन्। उनले भने, ‘अगाडि सिलाएको टोपी बिक्री भइसक्यो । अहिले मागअनुसारको टोपी सिलाउँदै छु ।’ अल्लोको कपडाको टोपी रु छ सयदेखि एक हजारसम्ममा बिक्री गर्दै आएका उनले बताए । तिहारको विशेष भाइटीकाका लागि अल्लोको टोपीको धेरै माग आएको छ ।

बजारमा देउसीभैली कार्यक्रम चलिहरेको छ तर फुरुम्बु भने अल्लोको टोपी सिलाउनमै व्यस्त छन् । उनलाई देउसीभैलो कार्यक्रम हेर्न बाहिर निस्कनसम्म फुर्सत छैन ।

यता ढाकाको टोपीको व्यापार भने घटेको छ । फुङ्लिङ नगरपालिका–४ का ताप्लेजुङ ढाका पसल सञ्चालक कुमार येङ्देनले अघिल्लो वर्षको तिहारमा एक हजार ४० थान ढाकाको टोपी बिक्री गरे । टोपी बिक्रीबाट राम्रो मनग्य आम्दानी लिए। यस वर्षको तिहार मध्य समय भएको छ तर येङ्देनले अहिलेसम्ममा एक सय थान मात्र टोपी बिक्री गर्नुभएको छ । दसैँ तिहारमा विगतमा जस्तो ढाकाको टोपीको व्यापार नभएको फुङ्लिङ–७ अवस्थित सोनी ढाका कपडा उद्योगका कार्यरत एक उद्यमीले बताए ।

लामो समयदेखि ढाकाको टोपी प्रयोग गर्दै आएका उपभोक्तामा अल्लोको कपडा रोजाइमा पर्न थालेको फुङ्लिङ–५ का विक्रम लिम्बूले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : २४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने