लिभरकुसेनसँग बराबरीमा रोकिएसँगै एट्लेटिको बाहिरियो « Khabarhub

लिभरकुसेनसँग बराबरीमा रोकिएसँगै एट्लेटिको बाहिरियो


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा जर्मन क्लब बायर लिभरकुसेनसँग २-२ गोलको बराबरीमा रोकिएसँगै एट्लेटिको समूह चरणबाटै बाहिरिन बाध्य भएको हो।

एट्लेटिकोका लागि यान्निक कारास्को र रोड्रिगो डी पाउलले एक-एक गोल गर्दा लिभरकुसेनका मौसा डियाबी र कलुम हुड्सन ओडोईले पनि एक-एक गोल गरेका थिए।

यस बराबरीसँगै तेस्रो स्थानमा रहेको समूह ‘बी’ को एट्लेटिकोले ५ खेलमा ५ अंक जोडेको छ। लिभरकुसेन भने ४ अंक जोडेर पुछारमा रहेको छ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ९ : ०५ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार