झापा क्षेत्र नं ३ को विकासका लागि धेरै काम गरेको छु : सिटौला | Khabarhub Khabarhub

झापा क्षेत्र नं ३ को विकासका लागि धेरै काम गरेको छु : सिटौला


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बनियानी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला यतिबेला मतदाताको घरदैलोमा छन् । झापा क्षेत्र नं ३ बाट लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनी मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुगेका हुन्।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाका मतदातासँग भेटघाटमा नेता सिटौलाले तत्कालीन विद्रोही माओवादीसँग १२ बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेको उल्लेख गरे । ‘मैले मुलुकमा राजनीतिक स्थिरता र संविधान निर्माणमा महत्त्वपूर्ण काम गरेको छु’, उनले भने, ‘नीति निर्माण तहमा बसेर काम धेरै काम गरेको छु ।’

झापा क्षेत्र नं ३ को उन्नतिका लागि पूर्व–पश्चिम हुलाकी सडक, उत्तर–दक्षिण मेची राजमार्ग निर्माण पनि आफ्नै पहलमा सम्पन्न भएको उनको भनाइ छ । तर पनि यस क्षेत्रको विकासका लागि ग्रामीण सडक, खानेपानी, कृषि सडक सञ्जालका लागि बनियानी–पाठामारी, केचना रिङरोड, पथरिया घेराबारी, जलथल सडक जस्ता आधा दर्जनभन्दा बढी सडक सञ्जाल आफ्नै कार्यकालमा सुरु गरेर निर्माण सम्पन्न नहुञ्जेल खबरदारी गरेको नेता सिटौलाले प्रष्ट पारे ।

गणतन्त्रले के दिन्छ÷ के दियो ? भन्ने खालको सोच नागरिकमा उत्पन्न हुनुमा वर्तमान संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल हुन नसक्नु रहेको उनले बताए ।

आसन्न चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा हुने उनले बताए । दोस्रो संविधानसभाको निर्वाचनपछि झापा क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न सडक लगायतका भौतिक पूर्वाधारसँगै पथरिया मावि भवन, हिमाली मावि भवन, विभिन्न सामुदायिक भवनदेखि तत्कालीन गाविसका सबै भवनहरू निर्माण, पुनःनिर्माणका योजना सम्पन्न गराएको नेता सिटौलाको भनाइ छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ३ मा दर्बिलो उम्मेदवारका रूपमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेता सिटौलाले र नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट साझा उम्मेदवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०९ बजे

विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को पाँचौँ परीक्षण सफल

काठमाडौं– विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौँ परीक्षण सफल भएको

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

काठमाडौं– मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

बाँके– बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि

हुलाकी राजमार्ग : कालिया खोलामा पुल नहुँदा समस्या

सप्तरी– हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

रामेछाप– दशैँमा यात्रुको चाप बढ्दा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि