छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु  « Khabarhub

छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु 


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

खोटाङ– छिमेकीको खुकुरी प्रहारबाट खोटाङका एक पुरुषको मृत्यु भएको छ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोमबार राति सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । उनीहरू ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरा भाडामा लिएर अलग-अलग कोठामा बस्दैआएका थिए । 

सोमबार राति आफूलाई हेपेर बोलेको, आफ्नी श्रीमतीलाई समेत मुख छाडेर बोलेको विषयमा विवाद हुँदा आवेगमा आएका राजेन्द्रले रामचन्द्रलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट टाउको, अनुहार र बायाँ हातमा चोट लागेका रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो ।

खुकुरी प्रहार गर्ने राजेन्द्रलाई प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले राति नै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ५४ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम