हतियारसहित दुई भारतीय नागरिक पक्राउ  « Khabarhub

हतियारसहित दुई भारतीय नागरिक पक्राउ 


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । २३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर प्रदेश गोरखपुर चिलुवाताल मोहरीपुर भगवानपुरका २८ वर्षीय सुनीलकुमार सहानी र सोही ठाउँको सहजनवा घगसरा बस्ने २६ वर्षीय शशीकान्त भट्टलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियारसहित पक्राउ गरिएको हो । 

मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेसनमा काम गर्दै आएका कर्मचारीलाई पिछा गर्दै हतियार देखाई उनीहरूले लुटपाट गरेका थिए । भारतीय नम्बर नखुलेको मोटरसाइकलबाट पिछा गर्दै लुटपाट गरेका उनलाई रूपन्देही प्रहरीले मर्चवारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

भारतमा पनि वान्टेड सूचीमा रहेका लुटपाटमा संलग्न दुवै जनाको साथबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियार बरामद गरेको छ । भाईटीकाको दिन साँझ ६ बजे कोटहिमाई गाउँपालिका-१ सिपवास्थित इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले प्रहरीसँग पनि प्रतिकार गर्न खोज्दा प्रहरी निरीक्षक युवराजजंग कार्कीको हातको औँला फ्याक्चर भएको थियो । 

पक्राउ परेको सहानीको साथबाट सेमी अटोमेटिक पेस्तोल र सो मा लाग्ने म्यागजिन एक थान, पाँच थान गोली र  भट्टको साथबाट घरेलु कटुवा पेस्तोल, सो मा लाग्ने एक थान गोलीसहित मोबाइल र कागजात बरामद भएको एसपी रेग्मीले भने । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ३९ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि