सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस « Khabarhub

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो। बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए। सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरे।

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। मंगलबार सन्दीपको बयान गराइएको थियो। बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ। अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : ३० बजे

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त