लागूऔषधसहित एक युवक पक्राउ « Khabarhub

लागूऔषधसहित एक युवक पक्राउ


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले बुधबार तनहुँबाट लमजुङतर्फ आएका कास्की जिल्लाको रुपा गाउँपालिका ३ बस्ने बर्ष २५ का आश्वासन जंग शाहीलाई पक्राउ गरेको हो।

जिल्लाको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेबाट पक्राउ परेका उनको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने २२० मिलि ग्राम (०.२२० ग्राम) बरामद गरिएको छ।

शाहीलाई बिहीबार जिल्ला अदालत लमजुङबाट ६ दिनको म्याद थप अनुमति लिई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : ३० बजे

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल