लागूऔषधसहित उदयपुरबाट ३ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित उदयपुरबाट ३ जना पक्राउ


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारीले घरमा लुकाइ-छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

लागूऔषध बिक्री वितरणमा संलग्न भएको सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विषेश टोलीले अधिकारीलाई डाईजोपाम ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेल्याव ९ एम्पुल, बुप्रिनोर्फिन ९ एम्पुल र फेनार्गन १० एम्पुलसहित पक्राउ गरेको हो।

त्यसैगरी त्रियुगा नगरपालिका ११ का ३५ वर्षीय राजकुमार राईलाई अर्का अभियुक्तको बयानका आधारमा पक्राउ गरिएको हो। त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा बसपार्कबाट तीन किसिमका लागूऔषधसहित त्रियुगा नगरपालिका-१० बोक्सेका ३४ वर्षीय विकास राई पनि पक्राउ परेका छन्।

बसपार्कमा हिडिँरहेका राई माथि शंका लागेर चेकजाँच गर्दा ४२ एम्पुल (थान) लागू औषध बरामद भएको प्रहरीले जनाएको छ। उनको साथबाट डाइजेपाम १४ एम्पुल, बुप्रिनोर्फिन १४ र फेनार्गन १४ गरी ४२ एम्पुल बरामद गरेको थियो।

उनीहरुलाई अनुसन्धानका लागि म्याद थपेर लागू पदार्थ कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ४२ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला