एकाएक साइप्रसमा क्षेप्यास्त्र खस्यो | Khabarhub Khabarhub

एकाएक साइप्रसमा क्षेप्यास्त्र खस्यो


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निकोसिया- साइप्रसको राजधानी निकोसिया नजिकै क्षेप्यास्त्र खसेको छ ।

निकोसियाबाट २० किलोमिटर उत्तरपूर्वमा टर्किस साइप्रियोटतर्फ पर्ने तास्केन्ट क्षेत्रमा क्षेप्यास्त्र खसेको हो । क्षेप्यास्त्रले त्यस क्षेत्रको पहाडी इलाकामा आगलागी भएको जनाइएको छ । यसबाट कुनै मानवीय क्षति भने नभएको टर्किस साइप्रियोट अधिकारीले जनाएका छन् ।

क्षेप्यात्रस्त्र कसले प्रहार गरेको स्पष्ट भइसकेको छैन । यद्यपि सिरियामा इजरायली लडाकु विमानलाई लक्षित गरी प्रहार गरिएको हवाई प्रतिरोधी क्षेप्यास्त्र साइप्रससम्म पुगेको हुनसक्ने टर्किस साइप्रियोट अधिकारीले जनाएका छन् ।

क्षेप्यास्त्र प्रहार हुनु केही समयअघिमात्र इजरायलले सिरियामा हवाई आक्रमण गरेको थियो । त्यसबेला सिरियाली सेनाले इजरायली लडाकु विमानलाई लक्षित गरी रुसमा निर्मित एस २०० हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रहार गरेका थिए । इजरायली जामर प्रविधीले उक्त क्षेप्यास्त्रलाई साइप्रसतर्फ लक्षित गरेको हुनसक्ने आँकलन छ ।

क्षेप्यास्त्रको अवशेष फेला परिसकेको र यस विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  २ : २७ बजे

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै

पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु

पाल्पा – निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक

भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छुः महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भयरहित समाज निर्माण गर्न