एकाएक साइप्रसमा क्षेप्यास्त्र खस्यो « Khabarhub

एकाएक साइप्रसमा क्षेप्यास्त्र खस्यो


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निकोसिया- साइप्रसको राजधानी निकोसिया नजिकै क्षेप्यास्त्र खसेको छ ।

निकोसियाबाट २० किलोमिटर उत्तरपूर्वमा टर्किस साइप्रियोटतर्फ पर्ने तास्केन्ट क्षेत्रमा क्षेप्यास्त्र खसेको हो । क्षेप्यास्त्रले त्यस क्षेत्रको पहाडी इलाकामा आगलागी भएको जनाइएको छ । यसबाट कुनै मानवीय क्षति भने नभएको टर्किस साइप्रियोट अधिकारीले जनाएका छन् ।

क्षेप्यात्रस्त्र कसले प्रहार गरेको स्पष्ट भइसकेको छैन । यद्यपि सिरियामा इजरायली लडाकु विमानलाई लक्षित गरी प्रहार गरिएको हवाई प्रतिरोधी क्षेप्यास्त्र साइप्रससम्म पुगेको हुनसक्ने टर्किस साइप्रियोट अधिकारीले जनाएका छन् ।

क्षेप्यास्त्र प्रहार हुनु केही समयअघिमात्र इजरायलले सिरियामा हवाई आक्रमण गरेको थियो । त्यसबेला सिरियाली सेनाले इजरायली लडाकु विमानलाई लक्षित गरी रुसमा निर्मित एस २०० हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रहार गरेका थिए । इजरायली जामर प्रविधीले उक्त क्षेप्यास्त्रलाई साइप्रसतर्फ लक्षित गरेको हुनसक्ने आँकलन छ ।

क्षेप्यास्त्रको अवशेष फेला परिसकेको र यस विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  २ : २७ बजे

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र