नगदसहित ३८ जुवाडे पक्राउ « Khabarhub

नगदसहित ३८ जुवाडे पक्राउ


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति जिल्लाका दुई ठाउँबाट दुई लाख ८१ हजार एक सय २५ रुपैयाँ र ३२ थान कौडासहित ३८ जना जुवाडेलाई पक्राउ गरेको हो । 

प्रहरीले बेँसीसहर नगरपालिका-११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा बाजी राखी जुवा खेल्दै गरेका सम्बन्धित घरधनीसहित २५ जनाको साथबाट नगद एक लाख २१ हजार पच्चिस रुपैयाँ र १६ थान कौडा पक्राउ गरेको प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले बताए । 

पक्राउ पर्ने सबै बेसीशहर नगरपालिका-११ का छन्  । यस्तै, प्रहरीले सुन्दरबजार नगरपालिका-१ कुन्छाका रामबहादुर दुराले जुवा  खेलाउदै गरेको अवस्थामा रामबहादुर दुरासहित १३ जनालाई नगद एक लाख ६० हजार एक सय २५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको डीएसपी श्रीमलले बताए । पक्राउ परेका  १२ जना सुन्दरबजार नगरपालिकाका रहेका छन् भने एक जना तनहुँका छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : ४८ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम