नक्कली फेसबुक खोलेर चरित्रहत्या गर्ने पक्राउ « Khabarhub

नक्कली फेसबुक खोलेर चरित्रहत्या गर्ने पक्राउ


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ ।

सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ । उनलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए।

उनले नक्कली फेसबुक बनाई पीडित र अन्य अपरिचित महिलाको अश्लील तस्बिर र शब्द लेखेर पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ । फेक आइडीको म्यासेन्जरबाट थापाले पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा म्यासेज पठाएर बदनाम गरी चरित्र हत्या पनि गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ५७ बजे

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त