गृह मन्त्रालयका प्रवक्ताको हस्ताक्षर किर्ते गरेर ९५ करोड क्षतिपूर्ति दावी | Khabarhub Khabarhub

गृह मन्त्रालयका प्रवक्ताको हस्ताक्षर किर्ते गरेर ९५ करोड क्षतिपूर्ति दावी


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयका प्रवक्ता एवम् सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख (सहसचिव) रामकृष्ण सुवेदीको हस्ताक्षर किर्ते गरेर ९५ करोड क्षतिपूर्तिको नक्कली कागजात बनाउने २ जना सिंहदरबार नजिकबाटै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको निजगढ घर भइ काभ्रेको धुलिखेल बस्दै आएका ३८ वर्षीय राजन कुमार थापा र उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी अधिकारी छन् । उनीहरुले सहसचिव सुवेदीको हस्ताक्षर किर्ते गरेर गृह मन्त्रालयको नक्कली लेटरप्याडमा नेपाल सरकारबाट क्षतिपूर्ति प्रदान गरिने व्यहोराको कागजात बनाएका थिए ।

उक्त कागजमा लक्ष्मीका बुवाको मृत्यु नेपाल सरकारबाट भएको र जसको क्षतिपूर्तिस्वरुप सरकारले लक्ष्मीको परिवारलाई ९५ करोड रुपैयाँ दिने निर्णय गरेको व्यहोरा उल्लेख गरिएको थियो । यस्तै अर्को एक कागजमा भौतिक क्षतिवापत ८ करोड ७६ लाख रुपैयाँ क्षतिपूर्ति सरकारले दिने भन्ने व्यहोरा पनि उल्लेख गरिएको पाइएको छ ।

नक्कली कागजका आधारमा क्षतिपूर्ति मागदावी गर्ने भन्दै गृहमन्त्रालय जान सिंहदरबार प्रवेश गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ४२ हजार रुपैयाँ नगद र गृह मन्त्रालयको छाप, विभिन्न बैंकका चेक र अन्य केही नक्कली कागजात पनि फेला परेको जनाइएको छ ।

पक्राउ परेको दुवै जनालाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रहरीले दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : ४१ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका