अमेरिकामा मध्यावधि निर्वाचन : सिनेटमा डेमोक्रेटिकको बहुमत « Khabarhub

अमेरिकामा मध्यावधि निर्वाचन : सिनेटमा डेमोक्रेटिकको बहुमत


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्रेटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हासिल गरेको छ। रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन्। नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै डेमोक्रेटिक पार्टीले सिनेटमा ५० सिटसहित बहुमत जुटाउने भएको हो। कोर्टेज मास्टोका प्रतिद्वन्द्वी एडम लाक्साल्टलाई ट्रम्पले समर्थन गरेका थिए। ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार दिने बताएका छन्।

नतिजाले डेमोक्र्याटलाई रिपब्लिकन भन्दा एक सिट अगाडि राखेको छ। जर्जिया सिनेट सिटको निर्वाचन भने डिसेम्बरमा हुनेछ। माथिल्लो सदनमा आफ्नो पार्टीको विजयले आफू ‘अपत्यारिलो ढङ्गले’ खुसी भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।

तर, रिपब्लिकनले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमतनजिक छन्, जुन राष्ट्रपतिका लागि ठूलो धक्का हो।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ४० बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा