मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन तयार « Khabarhub

मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन तयार


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङमा सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाउने मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम प्रदान गरिसकिएको छ । जिल्लाका मतदान केन्द्रमा ५८ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी केन्द्रमा पठाउने कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

तालिममा कानूनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको थियो । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाका विषयमा जानकारी गराइएको उनले बताए । मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले निर्वाचनमा खटिने अधिकृतसहित कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर जिम्मेवारी पूरा गर्न आग्रह गरे । उनले आचारसंहितामा बाँधिएर निर्वाचन सम्पन्न गर्न अनुरोध गरे ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सुरक्षा अवस्था सुदृढ बनाइएकोले ढुक्क भएर निर्वाचनमा सहभागी भई मताधिकार उपयोग गर्न आग्रह गरे । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ आचार्यले बताए ।

‘कात्तिक २९ गतेदेखि मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउने काम हुन्छ, मङ्सिर १ गते साँझसम्म सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगिसक्नुपर्ने हुन्छ,’ उनले भने ।

निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री प्याकिङ गरेर पठाउनका लागि तयारी अवस्थामा राखिएको छ । प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइनेछ । निर्वाचनका लागि मनाङमा २०० कर्मचारी निर्वाचन अधिकृतको कार्यालयबाट खटाइनेछ ।

एउटा मात्रै प्रतिनिधसभा निर्वाचन क्षेत्र र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा छ हजार सात सय ७९ मतदाता रहेका छन् । चार वटा गाउँपालिका रहेको जिल्लामा एक अस्थायी केन्द्रसहित २९ वटा मतदान केन्द्र रहेका छन् । प्रदेशसभा ‘१’ मा दुई हजार छ सय २४ र प्रदेशसभा ‘२’ मा चार हजार एक सय ५५ मतदाता रहेका छन् । निर्वाचन कार्यालयले मङ्सिर ४ गतेका लागि सामग्री पठाउने तयारीमा जुटेको जिल्ला निर्वाचन अधिकारी पुुष्पराज शर्माले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : २९ बजे

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका