गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि : प्रचण्ड « Khabarhub

गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि : प्रचण्ड


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन्। बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उनको विश्वास थियो ।

लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसे बजारमा आज आयोजित कोणसभामा उनले भने, ‘राजनीति स्थायित्व अहिले गठबन्धनले विजयी हासिल गर्छ, सबैतिर गठबन्धनको पक्षमा लहर आउँदै छ ।’ गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिमा सम्पूर्ण तागत विकास, सुशासन, र समृद्धिमा लगाउने एक सुत्रे नारा बनाएको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भने, ‘निर्वाचन आउँछ जान्छ, लोकतन्त्रमा सामान्य प्रक्रिया हो तर, यसपटकको भने सामान्य निर्वाचन जस्तो नभई यो देशलाई अघि बढाउने, शान्ति प्रक्रिया टुङ्गाउने, जनताको अधिकारलाई अझै परिमार्जन, सुनिश्चित गर्ने वा यो देशलाई पछि धकल्ने, निरङ्कुशतातिर लैजाने, अध्यारोतिर लैजाने दुई गठबन्धनबीच प्रतिस्पर्धा हो ।’

शान्ति प्रक्रियामा नेपाली कांग्रेस र माओवादीले महत्वपूर्ण योगदान गरेको बताउँदै अध्यक्ष दाहालले भने, ‘जुन दिन गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता भयो, यहीँ दिनमा मैले कांग्रेसको रुख चिह्नमा छाप लगाएको र गिरिजाले हसिया हटौँडामा छाप लगाएको हो ।’ उनले गोरखा, तनहुँ लमजुङकै गठबन्धनका उम्मेदवार वरिपरि नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताउँदै गठबन्धनलाई जिताउनुपर्ने बताए ।

चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि कोरिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताउँदै अध्यक्ष दहालले डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्रे गर्न पहल गर्ने आश्वासन दिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धन गर्नु मुलुकको आवश्यकता रहेको बताउँदै गठबन्धनको कार्यकर्ता सबैले एक अर्का उम्मेदवारलाई मत हाल्दै जिताउनुपर्ने बताए।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : ४३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको