विकासको अभियान अघि बढाउन एमाले चाहिन्छ : ओली « Khabarhub

विकासको अभियान अघि बढाउन एमाले चाहिन्छ : ओली


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विकासको अभियानका लागि एमाले चाहिने बताएका छन् ।

आज गोदावरी नगरपलिका–८ छम्पीमा पुगेर यहाँका मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘वास्तविक लोकतन्त्रको रक्षा, विकासका लागि लोकतन्त्र, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन र देशलाई अगाडि बढाउनका लागि नेकपा एमाले चाहिन्छ । विगतमा हामीले व्यवहारबाट हेरिसकेका छौँ एमालेले कसरी काम गर्छ भनेर ।’

उम्मेदवारलाई सफलताको शुभकामना दिँदै उनले देशलाई सही बाटोमा फर्काउने अवसर आएको बताए । देशव्यापी निर्वाचन अभियानको क्रममा दौडाहामा रहेका ओली आज ललितपुरको क्षेत्र नं १ को छम्पी र क्षेत्र नं ३ को भैँसेपाटी पुगेर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् । नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं १ मा नवराज सिल्वाल र ३ मा अमृत खड्का उम्मेदवार छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ३३ बजे

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन