पश्चिमी वायुको प्रभावले चिसो बढ्यो « Khabarhub

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

आज प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

आइतबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने आकलन गरिएको छ।

महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ६ : २७ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव