गगनमाथि दीपशिखाको आरोप- ‘घण्टीसँग मिलेर गठबन्धनलाई हराइयो’ « Khabarhub

गगनमाथि दीपशिखाको आरोप- ‘घण्टीसँग मिलेर गठबन्धनलाई हराइयो’


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस महामन्त्री गगनकुमार थापामाथि आरोप लगाएका छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका बेला दीपशिखा थापाविरुद्ध उभिएका हुन्। थापाले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) सँगको साझेदारीमा गठबन्धनलाई हराएको उनको आरोप छ।

थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भनेका छन्, ‘हो रहेछ, तपाईँ र तपाईँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो। तपाईँलाई आगामी यात्राको शुभकामना।’

दीपशिखाले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने पनि बताएका छन्।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ४४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको