‘एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन’ « Khabarhub

‘एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन’


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् । 

काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्वाभाविक रूपमा लिएको उल्लेख गरेकी छन् । उनले काठमाडौं २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन् ।

‘निर्वाचनमा जितहार स्वाभाविक प्रक्रिया हो, यसलाई मैले स्वाभाविक रुपमा लिएकी छु । आवधिक निर्वाचनमा एकपटको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हुँदैन र हुन पनि सक्दैन । आजको राजनीतिक र सामाजिक परिवर्तन ल्याउन तथा सभामुख र अन्य राजकीय जिम्मेवारीमा रहेर मुलुकका लागि मैले विगतमा निर्वाह गरेको भूमिकाको इतिहासमा सदैव लिपिबद्ध भई नै रहने छ । आगामी दिनमा पनि मेरो भूमिकामा कुनै कमी आउने छैन,’ घर्तीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उनले काठमाडौं २ आफ्नो कर्मथलो भइसकेको बताउँदै पाँच वर्ष त्यहीँको विकास र जनताको जीवनस्तर उकास्न लागिपर्ने उल्लेख गरेकी छन् । ‘निर्वाचनका दौरान आफ्नो अमूल्य मत प्रदान गर्नुहुने तमाम आदरणीय मतदाताप्रति धन्यवाद ज्ञापन गर्दछु । मैले मत माग्ने क्रममा पटकपटक भनेकी थिएं कि काठमाण्डौं क्षेत्र नम्बर २ मेरो कर्मथलो भइसक्यो । आजको दिनमा उक्त प्रतिबद्धता पुनः एकपटक दोहोर्याउन चाहन्छु । यस क्षेत्रका मतदाताका हरेक सुखरदुःखमा म सधैँ सँगै हुनेछु,’ उनले लेखेकी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : १८ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले