काभ्रे २ मा गोकुल बाँस्कोटा मतान्तर घटाउँदै, १ मा एमाले अगाडि « Khabarhub

काभ्रे २ मा गोकुल बाँस्कोटा मतान्तर घटाउँदै, १ मा एमाले अगाडि


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणना अनुसार १ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी) केन्द्रका सूर्यमान दोङ र २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा आफ्ना मुख्य प्रतिस्पर्धीसँग मतान्तर घटाइरहेका छन् ।

प्रतिनिधिसभा २ नं क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागार्इंले १२ हजार पाँच सय ९३ मतले अगाडि छन् । उनका प्रतिस्पर्धी बाँस्कोटा एक सय ८ मतान्तरमा छन् ।

प्रतिनिधिसभा १ नं क्षेत्रमा एमालेका रेशम लामाले पाँच हजार चार सय ८२ मतले अग्रता लिइरहेका छन् भने उनका प्रतिद्वन्द्वी दोङले पाँच हजार दुई सय एक मतले पछ्याइरहेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागार्इंले हालसम्म चार हजार छ सय ९६ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा एक लाख ८६ हजार नौ सय ३५ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : ४८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर