विष्टलाई बधाई दिँदै रामकुमारीले भनिन्- ‘जय पराजय सामान्य हो’ « Khabarhub

विष्टलाई बधाई दिँदै रामकुमारीले भनिन्- ‘जय पराजय सामान्य हो’


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पराजयलाई सामान्य प्रक्रियाका रूपमा लिएको बताएकी छन् । अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत उनले आफूसँग विजयी भएका प्रतिस्पर्धी गोकर्ण विष्टलाई बधाई र सफल कार्यकालको शुभकामनामा दिएकी छन् ।

आफ्ना पक्षमा हजारौँ मतदाताले अभिमत दिएको र यसप्रति म सधैँ ऋणी रहने बताएकी छन् । झाँक्रीले निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्य, गठबन्धन दलका नेतृत्वगण र नेताकार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक र पत्रकारहरूलाई धन्यवाद दिएकी छिन् । पराजित भए पनि गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैँ साथ रहने प्रतिबद्धता उनले जनाएकी छन् ।

‘पछिल्लो केही समय अत्यन्तै रोमान्चक रहेको र ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा ठानेकी छु।’ उनले लेखेकी छिन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी अराजनीतिकरण  (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ चाहिँ लोकतन्त्रको लागि गम्भीर छ । डर लाग्दो छ । जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु ।’

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ३१ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र