महोत्तरीमा महन्थ ठाकुरको विरासत संकटमा « Khabarhub

महोत्तरीमा महन्थ ठाकुरको विरासत संकटमा


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – लोसपा अध्यक्ष महन्थ ठाकुरको विरासत संकटमा परेको छ । स्वतन्त्र उम्मेदवार रामआधार कापरले निरन्तर अग्रता लिँदै ठाकुरलाई पछाडि पारेपछि ठाकुरका बारे विभिन्न अड्कलबाजी सुरु हुन थालेको छ ।

देशभरिको मतगणनाको अवस्था हेर्दा चर्चित नेताभन्दा स्थानीय जनमानसमा भिजेको नेतालाई जनताले रुचाएको देखिएको छ । यसअघिको निर्वाचनमा समेत यसै क्षेत्रबाट निर्वाचित भएका ठाकुरले जनतामा खासै प्रभाव छाडन सकेनन् ।

काठमाडौँ केन्द्रित हुने र गाउँलाई भुलिदिने चरित्रले जनताले यसपालि सजाय नै दिने हुन कि भन्ने पनि प्रशस्त अड्कलबाजी छन् । लोसपाको बलियो सांगठानिक संरचना रहेका ठाउँहरूमा समेत ठाकुर पछाडि परेपछि कतिपय स्थानीयले पराजयको संकेत हुनसक्ने बताएका छन् ।

जिल्लामा अहिले तीन जना हेभिवेट नेता चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं. १ मा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, क्षेत्र नं. २ मा सरद सिंह भण्डारी र क्षेत्र नं. ३ मा महन्थ ठाकुर छन् ।

तीनै जना नेताको राष्ट्रिय राजनीतिमा गर्विलो विरासत छ । उप-प्रधानमन्त्री समेत भइसकेका महन्थ ठाकुर हुन् वा दर्जनभन्दा बढी पटक मन्त्री बनेका सरद सिंह भण्डारी हुन् वा दुई पटक शिक्षा, स्वास्थ्य मन्त्री बनिसकेका गिरिराजमणि पोखरेल हुन् ।

उनीहरूले राष्ट्रिय राजनीतिमा राम्रो छाप छाड्न सफल छन् । प्रारम्भिक मतगणनामा यी नेतहरूमध्ये दुई जना महन्थ ठाकुर र गिरिराजमणि पोखरेल सकसमा छन् भन्ने प्रमाणित भएको छ ।

पोखरेलभन्दा पनि महन्थ ठाकुरको विषयलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । क्षेत्र नं. १ मा ‘ख’ बाट मतगणना गरिएको हुनाले लक्ष्मी महतोले अग्रता लिनुलाई माओवादी केन्द्रका नेताले पनि स्वाभाविक ठानेका छन् ।

किन की जहाँ-जहाँ मतगणना भएको छ त्यो महतोको मातृ क्षेत्र हो । राम्रो प्रभाव भएको उक्त क्षेत्रमा अझ आंकलन भन्दा कम मत आएको हुनाले पोखरेललाई फाइदा नै पुगेको स्थानीयहरू बताउँछन् ।

यता भण्डारीले भने प्रारम्भिक चरणमा अग्रता लिएको र अन्य क्षेत्रमा समेत मतदाताहरूको नजरमा राम्रो उम्मेदवारको रुपमा पर्ने भएकाले भण्डारीको जित सुनिश्चित भएको नेताहरू बताउँछन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ५३ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले