सार्क फिल्म फेस्टिभलमा पहिलो दिन ‘बुलबुल’ स्किृनिङ | Khabarhub Khabarhub

सार्क फिल्म फेस्टिभलमा पहिलो दिन ‘बुलबुल’ स्किृनिङ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – श्रीलङ्काको कोलोम्बोमा मंगलबारदेखि शुरु भएको ‘सार्क फिल्म फेस्टिभल २०१९’मा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शन गरिएको छ । फेस्टिभलको पहिलो दिन ‘बुलबुल’ स्किृनिङ गरिएको हो ।

उक्त फिल्ममा शीर्ष भूमिका निभाएकी नायिका स्वस्तिमा खड्का फेस्टिभलमा सहभागिता जनाउन कोलोम्बो पुगेकी छिन् । यो फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । फिल्मको स्किृनिङपछि प्रश्न उत्तर सेसन पनि राखिएको थियो । फेस्टिभलमा सहभागिता जनाउन १ जुलाईमा स्वस्तिमा खड्का, दिनेश राउत लगायतको टोली श्रीलङ्का गएको थियो ।

७ जुलाईसम्म चल्ने फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र बुलबुल, प्रसादहरि प्रदर्शन हुनेछन् । यस्तै दई लघु चलचित्र द रिमाइन्सद मुन इज ब्राइट टुनाइटको पनि प्रदर्शन गरिनेछ ।

फेस्टिभलमा सार्कमा आवद्ध ८ वटा राष्ट्रका चलचित्रहरु प्रदर्शन भइरहेका छन् । सार्क कल्चरल सेन्टरले आयोजना गर्ने फेस्टिभलको यो नवौं संस्करण हो । सन् २०११ पछि हरेक वर्ष फेस्टिभलको आयोजना गरिँदै आएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ३१ बजे

‘राजस्व उत्साहजनक छैन’

काठमाडौं– सरकारले आफ्नो वार्षिक लक्ष्यअनुसार राजस्व उठाउन नसक्नुमा सुशासन कायम

एकै व्यक्ति पत्रकारदेखि सरकारी जागिरेसम्म, पाँच ठाउँबाट बुझ्थे तलब-भत्ता, अब चल्यो १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं- दुई दशकदेखि सरकारी कर्मचारीको हैसियत लुकाएर पत्रकार, बिमा अभिकर्ता

साक्षर महिलाहरू घरेलु हिंसाको सिकार

धनुषा– साक्षर महिलाहरू पनि घरेलु हिंसाको सिकार भइरहेको तथ्याङ्क सार्वजनिक

प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ, एक पटक देउवाजीसँग छलफल गर्छौँ

काठमाडौं– प्रतिपक्षमा रहेका दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली

शेयर बजारमा एनआरएन भित्र्याइने : विज्ञहरू भन्छन् ‘यो राम्रो काम हो’

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष ०८२-८३ को लागि ल्याएको बजेटले