बीमा समितिले एकिकृत सफ्टवेयर ल्याउने तयारी « Khabarhub

बीमा समितिले एकिकृत सफ्टवेयर ल्याउने तयारी


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले सवै काम अनलाइन प्रणालीबाट गर्ने गरी एकीकृत सफ्टवेयर विकास गरिरहेको छ । समग्र बीमा क्षेत्रलाई प्रविधि मैत्री र बीमा क्षेत्रका सवै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले एकिकृत सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिरहेको समितिले जानकारी दिएको छ ।

बीमाका सवै काम अगामी दिनमा प्रविधिमार्फत गर्नुपर्ने आवश्यक भएका कारण अनलाइन प्रणालीको विकास गर्ने लागिएको समितिले जानएको छ ।

हालसम्म बीमा समितिको आफ्नो सर्भर छैन । तंथ्याक भण्डारणमा सर्भर महत्वपूर्ण मानिन्छ । बीमा समितिले आफ्नो काम पेपरलेस बनाउन काम भइरहेको समितिले जनाएको छ ।

बीमा बजार व्यापक बन्दै गएका कारण पनि अनलाइन प्रविधि आवश्यक रहेको बीमा समितिका निर्देशक राजुरमण पौडेलले बताएका छन् । ‘प्रविधि मैत्री निरीक्षणमा पछाडि पर्दै आएको बीमा समितिले एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याउदै छ । जसका लागि समितिले टेण्डर आह्वान गरिसकेको छ ।’ उनले भने, ‘बीमा क्षेत्रमा प्रविधि विकासले यो क्षेत्रलाई सहज बनाउने छ । समयको मागअनुसो एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याउने भएका छौं ।’ बीमा समितिले एकिकृत सफ्टवेयर प्रणाली निमार्णका लागि गत आइतवार मात्र ३५ दिने टेन्डर समेत गरेको छ ।

बीमा समितिमा सफ्टवेयरहरु भएको तर एकिकृत नभएकाले तंथ्याक राख्न समस्या भइरहेको जनाएको छ । सफ्टवेयर नहुदाँ एजेन्ट तथा सर्भेयरको डाटाहरु अनलाईन प्रणालीमा थिएन । अभिकर्ता कार्ड वितरण प्रक्रिया अनलाइनमा उपलब्ध हुन समस्या हुदै आएको थियो । बीमा समितिको हालसम्म पनि मोवाइल एप्स पनि छैन । जसका कारण सेवाग्राहीलाई समस्या भइरहेको थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ४६ बजे

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त