तेह्रथुमबाट कांग्रेसकी गुरुङ विजयी « Khabarhub

तेह्रथुमबाट कांग्रेसकी गुरुङ विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

म्याङ्लुङ- तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छिन् । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरूङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुब्बालाई पराजित गरेकी हुन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी हुनुभएकी कांग्रेसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गरिन् । एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याए । दुवै जनाबीच एक हजार ७९ मतान्तर रहेको छ । 

यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित भएका थिए । गुरुङ दोस्रो प्रयासमा विजयी भएकी हुन्। खापुङले भने यसपटक टिकट पाएनन्। 

एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित भएका थिए । विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ । कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : ४५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल