सुत्केरी गराउँदा लापरवाही गरेको मुद्दामा प्रसूति गृहले ५ लाख क्षतिपूर्ति भर्नुपर्ने « Khabarhub

सुत्केरी गराउँदा लापरवाही गरेको मुद्दामा प्रसूति गृहले ५ लाख क्षतिपूर्ति भर्नुपर्ने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई सुत्केरी गराउँदा लापरवाही गरेको भन्दै पीडित पक्षलाई क्षतिपूर्ति दिन आदेश जारी गरेको छ ।

१३ वर्ष अगाडिको एक घटनाका सन्दर्भमा सर्वोच्चले पीडित पक्षलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन अस्पतालका नाममा आदेश जारी गरेको हो ।

२ चैत २०६३ मा प्रसूति गराउने क्रममा भ्याकुम प्रयोग गर्दा लापरवाही भएको भन्दै पीडित पक्षले स्थानीय प्रशासनमा उजुरी दिएका थिए ।

पीडित पक्षका अनुसार अस्पताल र चिकित्सकको लापरवाहीका कारण भ्याकुम प्रयोग गरेर प्रसूति गराउँदा नवजात शिशुको शरीरमा चोट लागेको, शरीरको बायाँ भाग नचल्ने भएको, अनुहार भित्र पसेको, नाक र निधारमा घाउ भएको, टाउको पछाडि फर्केको र बायाँ गोडा बाङ्गो भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए ।

पीडित पक्षले अस्पताल र चिकित्सकबाट ८२ लाखभन्दा बढी क्षतिपूर्ति दावी गरेको थियो । जिल्ला प्रशासन कार्यालयले भने अस्पतालले ५ लाख र चिकित्सकले ५ लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको फैसलाविरुद्ध अस्पतालले तत्कालीन पुनरावेदन अदालत पाटनमा मुद्दाको पुनरावेदन दर्ता गराएका थिए । पुनरावेदन अदालतले पनि जिल्ला प्रशासनकै फैसलालाई सदर गरेपछि अस्पताल प्रशासन सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले बुधबार पुनरावेदन अदालतकै फैसला सदर गरेको हो ।

सर्वोच्चको आदेशपछि अब प्रसूति गृहले पीडित पक्षलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ४ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै