लैङ्गिक संवेदनशील मिडिया निर्माणसम्बन्धी कार्यशाला सम्पन्न « Khabarhub

लैङ्गिक संवेदनशील मिडिया निर्माणसम्बन्धी कार्यशाला सम्पन्न


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रेस काउन्सिल नेपालको आयोजना तथा युनेस्कोको सहयोगमा लैङ्गिक संवेदनशील मिडिया निर्माणमा सङ्घ संस्थाहरूको भूमिका विषयक एक दिने कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन सत्रमा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लैङ्गिक संवेदनशील मिडिया निर्माणको लागि काउन्सिल सदैव प्रयत्नशील रहेको बताए । उनले काउन्सिलले निर्देशिकाको निर्माण र कार्यान्वयन गरी मिडियालाई लैङ्गिकमैत्री बनाउने संवेदनशील बनाउने प्रयत्न गरेको बताए । काउन्सिलले जारी गरेको महिला सञ्चार निर्देशिकाको परिमार्जनका विज्ञहरूको सुझाव लिन युनेस्कोसँगको सहकार्यमा भएको बुधबारको कार्यशालाबाट प्राप्त सुझाव महत्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यशालामा बोल्दै नेपाल पत्रकार महासङघका अध्यक्ष विपुल पोख्रेलले लैङ्गिक सवाल महिलाको मात्र नभइ सबैको साझा मुद्दा हो भन्नेतर्फ सजग रहनुपर्ने बताए । उनले नागरिक समाज सचेतताको विषयमा मिडियाले मूल्याङ्कन गरी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने भएको प्रष्ट पारे । पोख्रेलले लैङ्गिक संवेदनशीलताका क्षेत्रमा पत्रकार महासङ्घबाट समेत महिला निर्देशिका पालना गर्न र महिलामैत्री वातावरण निर्माण गर्न पहलकदमी भइरहेको उल्लेख गरे ।

कार्यशालाको उद्घादन सत्रको सहजीकरण काउन्सिलका सदस्य ठाकुर बेलबासेले गरेका थिए । कार्यक्रममा काउन्सिलका सदस्य दीपक पाण्डे, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राइ लगायतले मन्तव्य राख्दै मिडियालाई लैङ्गिकमैत्री बनाउन आफूहरूको साथ रहने बताएका थिए ।

एकदिने कार्यशालामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘लैङ्गिक संवेदनशील मिडिया नीति निर्माण र कार्यान्वयनमा प्रेस काउन्सिलको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै डा. समीक्षा कोइरालाले ‘मिडियामा लैङ्गिकताका विषय र महिला उत्तरदायी सञ्चार निर्देशिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । पत्रकार कृष्णा पौडेलले ‘नेपाली सञ्चार माध्यममा लैङ्गिक संवेदनशीलता’ विषयक कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा पत्रकार नितु पण्डितले ‘मिडिया, लैङ्गिकता र सामाजिक सङ्घसंस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

अन्तरक्रियामा काउन्सिलले गरिरहेको अनुगमन र कारबाहीका सम्बन्धमा उठेका सवालबारे मुख्य अधिकृत झबिन्द्र भुसालले प्रष्ट पारेका थिए । फरक फरक समूह बनाइ विषयगत छलफल भएको कार्यक्रममा लैङ्गिक तथा महिलाका क्षेत्रका क्रियाशील विभिन्न सङ्घसंस्थाका ५७ जना सहभागी थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : १९ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र