डिजिटल प्रविधिसँग जोडिँदै मुस्ताङका महिला उद्यमी | Khabarhub Khabarhub

डिजिटल प्रविधिसँग जोडिँदै मुस्ताङका महिला उद्यमी


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुस्ताङमा उत्पादित विभिन्न सामग्री सूचना प्रविधिको सहयोगमा विश्वभर बिक्री गर्न पहल शुरु गरिएको छ । सूचना प्रविधिसँग महिला उद्यमी र लैङ्गिक विभेदतासम्बन्धी कार्यक्रममार्फत जिल्लाका उद्यमीहरूलाई डिजिटल प्रविधिसम्बन्धी ज्ञान उपलब्ध गराइएको हो ।

दक्षिण एशियाली महिला विकास मञ्चको आयोजनामा भएको कार्यक्रममा जोेमसोम सदरमुकाम आसपासका महिला उद्यमीको बाक्लो उपस्थिति थियो । पहिलोपटक मुस्ताङमा आयोजना भएको विद्युतीय (डिजिटल) युगमा नेपाली महिला उद्यमीको अवस्थाका साथै महिलामाथि हुने लैङ्गिक विभेदसम्बन्धी अनुसन्धानले मुस्ताङका महिला दिदीबहिनीलाई राहत मिलेको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले बताइन् ।

सडक सञ्जालले नछोएको विकट गाउँबाट समेत महिला उद्यमीको उपस्थिति रहेको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, बागलुङ र आजदेखि मुस्ताङ गरी पाँचवटै जिल्लामा सबै महिला उद्यमीको अनुसन्धान सुरु भएको सिनियर अनुसन्धानकर्ता रितेश ठाकुरले बताए । डिजिटल प्रविधिको आधुनिक युगमा सञ्चारमाध्यमबाट कोही टाढा नभएको ठाकुरले उल्लेख गरे।

सबैको हातहातमा मोबाइल र घरघरमा टिभी, ल्यापटपजस्ता सञ्चारमाध्यम हुने गरेको र त्यसलाई नै भरपूर प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । आफूले उत्पादन गरेका सामग्रीलाई सहजै विज्ञापन गर्न र बजार विश्वभरि फैलाउन सकिने ठाकुरले बताए । आधुनिक युगमा पहुँच निर्धारण गर्न महिला स्वयं अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने , “मुस्ताङका महिला दिदीबहिनीको आर्थिक स्थिति सुधार गर्न र वित्तीय कारोबारमा अग्रसर हुन जरुरी छ ।”

महिला उद्यमी सङ्घ जिल्ला कमिटी मुस्ताङकी अध्यक्ष सुकुन रसाइलीले महिला उद्यमीलाई डिजिटल प्रविधिसँग जोडेर व्यवसायी सञ्चालन गरिनुपर्ने बताए । उहाँले उद्यमीका लागि सहज वातावरण सिर्जना गर्दै जिल्लाको अथाह स्रोत र साधनलाई बजारीकरण गर्न पहल गरिनुपर्ने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १० : ४२ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक