जलवायु परिवर्तनको जोखिममा नेपालको पर्वतीय पर्यटन « Khabarhub

जलवायु परिवर्तनको जोखिममा नेपालको पर्वतीय पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी तीन दिने सम्मेलन


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जलवायु परिवर्तनको तीव्र असर देखिएका बेला थपिएको पर्यटन चुनौतिसँगै त्यसको न्युनिकरणका लागि काठमाडौँमा तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

पृथ्वीको बढ्दो तापक्रम, त्यसले पर्यटनमा ल्याउने असर र नेपालको पर्वतीय पर्यटनमा थपिएको चुनौतिका विषयमा गम्भीर छलफल गर्दै आगामी दिनमा निर्णायक कदम चाल्न सहयोग होस् भन्ने उदेश्यले दाताहरुको सहयोगमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य पर्यटन सरोकारवाला संघ संस्था र व्यक्तित्वको सहभागिता छ ।

चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा सुरु भएको सम्मेलनको उद्घाटन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले गरेका छन् । बुधबार उद्घाटन भएको सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन विषयका विज्ञहरुले महत्वपूर्ण तथ्य र पछिल्लो पर्यटनका विषयमा आफ्नो ‘प्रिजेन्टेसन’ राखेका छन् ।

सम्मेलनमा अमेरिकन भूगर्भविद् डा. आलटेन बायरले नेपालमा हुने पूर्वाधार विकास निर्माणको कामले पर्वतीय पर्यटकीयस्थल लोप हुँदै गएकोतर्फ विशेष रिपोर्ट प्रस्तुत गरेका थिए । जलवायु परिवर्तनका कारण नेपालको पर्यटकीय क्षेत्र जोखिममा रहेको उनको भनाई थियो ।

कार्यक्रममा पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले पनि नेपालको पर्यटनको इतिहास, विगत र वर्तमान अवस्था र चुनौतिबारे आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालका पर्यटन व्यवसायी, सरोकारवाला, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

पर्यटन बोर्ड, युएनडीपी लगायत विभिन्न दाताहरुको सहयोगमा सूरु भएको कार्यक्रममा आधा दर्जन बढी संघ संस्थाहरुको सहयोग समेत छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ६ : ४९ बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ