सावधान ! रातो मासु नखानुस् स्वास्थ्यमा निम्त्याउँछ यस्तो खतरा | Khabarhub Khabarhub

सावधान ! रातो मासु नखानुस् स्वास्थ्यमा निम्त्याउँछ यस्तो खतरा


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भोज–भतेर, विवाह–पार्टी तथा घरमै पनि मानिसहरु मासु खाने गर्छन् । कतिपयले छानी छानी रातो मासु नै खोज्छन् । एक त धेरै मासु खानु स्वास्थ्यका लागि लाभदायक मान्दैनन् चिकित्सक, त्यसमा पनि रातो मासु झन स्वास्थ्यका लागि खतरा नै हुने उनीहरु सुझाउँछन् ।

चिकित्सकहरुमात्र नभएर खाद्य विशेषज्ञहरुले मासुका पारखीलाई सचेत गराउँदै रातो मासु नियमित खानाले उमेर अर्थात् जिउने आयु घट्ने चेतावनी दिएका छन् । तर कस्तो मासु स्वास्थ्यका लागि उपयोगी छ र कस्तो हानिकारक हुन्छ भन्ने बारेमा मानिसहरु जानकार हुँदैनन् । यसले पनि स्वास्थ्यमा जोखिम निम्त्याउँछ ।

अमेरिकी मेडिकल जर्नल बि.एम.जेले अध्ययन गरेर केही जीवन उपयोगी जानकारी सार्वजनिक गरेको छ । उसले सुँगुरको मासुको परिकार र हट डग जस्ता रातो मासु प्रयोग भएका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने जनाएको छ । रातो मासु खाँदा मानिसको औषत आयु घटाउने पनि अध्ययनले निष्कर्ष निकालेको छ । दैनिक आधा केजी रातो मासु खाँने व्यक्तिको बाँच्ने आयुको १० प्रतिशत अवधि घटाउने अध्ययनले देखाएको छ।

यसैगरी, हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका पोषणविद् डा. फ्रान्क हु ले भनेका छन्, ‘हामीले रातो मासुको प्रयोग हटाई माछा, अन्न, दाल, कुखुराको मासु, र अरु तरकारीको प्रयोग गर्नु पर्छ । रातो मासुको खानकीले मृत्यु दर बढाउँछ र त्यसमा पनि प्रशोधित रातो मासु त झन् हानिकारक हुन्छ ।’

अध्ययनकर्ताले ५३ हजार ५५४ व्यक्तिमा अनुसन्धान गरेको दावी गरेका छन् । मानिसलाई हस्पिटलका नर्सहरुले रातो मासु खाने गरेको, नगरेको प्रश्न बनाएर ४ वर्षसम्म लगातार सोधेका थिए । प्रशोधन पछि डाटाहरुलाई रेकर्ड गरिएको थियो ।

अनुसन्धानकर्ताले रातो मासु कम खाने र अन्न, तरकारी र प्रोटिनयुक्त खानेकुरा बढि खाने मानिसमा अल्पायुमा मृत्युको असर कम हुने निश्कर्ष निकालेका थिए ।

डा.फ्रान्कका अनुसार रातो मासुको कम प्रयोग र प्रोटिनयुक्त खानेकुरा, हरिया सागसब्जीले मुटुका विरामी लगायत अन्य प्रकारका मृत्यु दर घटाउँछ ।

एरिजोना मायो क्लिनिकका डा. हिदर फिल्डस् भन्छिन्, ‘अध्ययन महत्वपूर्ण छ । रातो मासुको असरका बारेमा थाहा पाएर धेरै जनाले रातो मासु र प्रशोधित मासु खान छोडेका छन् ।’

के हो त रेड मीट ?

साउथर्न क्यालिफोर्नियाका जैविक विज्ञानका प्रोफेसर भालटर लङ्गो भन्छन, ‘रातो मासुका कारण आयु घट्नु एकदम नै दुखद कुरा हो । अमेरिकनहरु रातो मासु बढी प्रयोग गर्छन् । यसमा भएको प्रोटिन त कारक नै हो।’

रातो मासुले स्वास्थ्यमा गम्भीर असर पु¥याउने भउको हुँदा यसतर्फ सचेत हुनुपर्छ । यसो असर रोक्न हामीले खानेकुरा बदल्नु पर्छ । खानाको स्वादको लागि मात्र रुचाइनु राम्रो कुरा होइन त्यसले स्वास्थ्यमा कस्तो फाइदा पु¥याउँछ त्यसतर्फ पनि सचेत हुनु जरुरी छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : ४७ बजे

कागतीमा खटिरे र ढुसीजन्य समस्या

चितवन– जिल्लामा लगाइएका कागती खेतीमा क्याङ्कर (खटिरे)र ढुसीजन्य रोगको समस्या

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

तनहुँ– मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी 

काठमाडौँ  – नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग

कक्षा १२ को नतिजा : नतिजा ९ प्रतिशतले सुधार हुँदा अंग्रेजीमा ६६ हजार ननग्रेडेड

काठमाडौं- गत वैशाखमा सञ्चालित क्षा १२ को परीक्षाको नतिजा आएको

गण्डकीमा ८९ प्रतिशत रोपाइँ

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ ।