आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपाललाई पहिलो झड्का, आशिफ शेख ७ रन बनाएर आउट « Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपाललाई पहिलो झड्का, आशिफ शेख ७ रन बनाएर आउट


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।

नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा जारी खेलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ ।

स्कटल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको हो । यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभर खेल्दै १ विकेटको क्षतिमा १४ रन बनाएको छ ।

नेपालले आशिफ शेखलाई सस्तैमा गुमाएको छ । शेख ५ बलमा ७ रन बनाउँदै आउट भएका हुन् । स्कटल्याण्डका लागि ब्राण्डन मकमलनले शेखलाई आउट गरेका हुन् ।

यसअघि शुक्रबार नेपालले नामिबियासँग खेलेको थियो । वर्षाका कारण उक्त खेल रद्द भएपछि दुबै टोलीले समान एक अंक बाँडेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  २ : ०८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित