आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपाललाई पहिलो झड्का, आशिफ शेख ७ रन बनाएर आउट « Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपाललाई पहिलो झड्का, आशिफ शेख ७ रन बनाएर आउट


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।

नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा जारी खेलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ ।

स्कटल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको हो । यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभर खेल्दै १ विकेटको क्षतिमा १४ रन बनाएको छ ।

नेपालले आशिफ शेखलाई सस्तैमा गुमाएको छ । शेख ५ बलमा ७ रन बनाउँदै आउट भएका हुन् । स्कटल्याण्डका लागि ब्राण्डन मकमलनले शेखलाई आउट गरेका हुन् ।

यसअघि शुक्रबार नेपालले नामिबियासँग खेलेको थियो । वर्षाका कारण उक्त खेल रद्द भएपछि दुबै टोलीले समान एक अंक बाँडेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  २ : ०८ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल