आज तरकारी र फलफूलको मूल्य कति? « Khabarhub

आज तरकारी र फलफूलको मूल्य कति?


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेको छ ।

अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११६ रुपैयाँ, रातो आलु ५१ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, कागती १०५ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २९० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा २८ रुपैयाँ ८० पैसा, राजमा घिउ सिमी १०५ रुपैयाँ, घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चम्सुरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, लोकल परवल ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४५ रुपैयाँ २५ पैसा र हरियो धनियाँ ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ४९ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै