‘प्रस्तावित बजेटले खेल क्षेत्रको समस्या समाधान गर्दै खेलकुदको विकास गर्छ’ | Khabarhub Khabarhub

‘प्रस्तावित बजेटले खेल क्षेत्रको समस्या समाधान गर्दै खेलकुदको विकास गर्छ’


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले मन्त्रालय अन्तर्गत  प्रस्तावित बजेटले खेल क्षेत्रको समस्या समाधान गर्दै खेलकुदको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखेको बताएका छन् ।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बोधन गर्दे उनले अन्तराष्ट्रिय पदक तालिकामा देशको स्तरलाई माथि उठाउने तथा खेलका विविध क्षेत्रको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखिएको बताए ।
उनले सबै प्रदेशमा अन्तराष्ट्रिय स्तरको सुविधायुक्त रंगशाला निर्माण गर्ने लक्ष्यका साथ अगाामी आर्थिक बर्षमा प्रदेश नम्बर २ को धनुषा, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय रंगशाला निर्माणका लागि १० करोड विनियोजन गरिएको स्पष्ट पारेका छन् ।
उनले खेलकुद पर्यटनको विकास गर्न जुम्ला, लुक्ला, हेलम्बु, मनाङ र घान्द्रुकमा हाई अल्टिच्युट ट्रेनिङ सेण्टर स्थापनाका लागि पनि बजेट विनियोजन गरिएको बताए ।
खेलाडीको उपचार तथा आकस्मिक दुर्घटना सहयोग, खेलाडी स्वास्थ्य विमा, दुर्घटना विमा र जीवनविमाको व्यवस्था गरिएकोले यसबाट खेलाडीहरु उत्प्रेरित हुने विश्वास उनले व्यक्त गरे ।
यस्तै, कार्यक्रममा बोल्दै उनले काठमाण्डौ उपत्यकामा सुविधासम्पन्न अन्तराष्ट्रिय रंगशाला निर्माण गर्ने, सात वटै प्रदेशमा सेवा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने तथा ७ सय ५३ वटै स्थानीय तहमा दीर्घकालिन महत्वका खेल मैदान बनाउने उद्देश्य बजेटले लिएको बताएका छन् ।

 

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : ०७ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा