गण्डकीका सांसदले मातृभाषामा पनि सपथ लिन पाउने « Khabarhub

गण्डकीका सांसदले मातृभाषामा पनि सपथ लिन पाउने


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सभाका नव निर्वाचित सांसदले मातृभाषामा पनि सपथ लिन पाउने भएका छन् । संसद सचिवालयले सांसदलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको हो । तर त्यसका लागि सांसदहरुले ३ दिनअघि नै जानकारी गराउनु पर्ने छ ।

‘कसैको आफ्नै भाषा छ भने त्यसमा हामी सपथ गराउन सक्छौं । हुन त हामीसँग उल्था गर्ने मान्छे हुनुहुन्नँ,’ संसद सचिव हरिराज पोखरेलले भने, ‘तर उहाँहरुले चाहानुभयो भने त्यसको व्यवस्था हामी मिलाउछौं ।’ सांसदहरुको सपथ १४ गतेका लागि तोकिएको छ ।

१४ गते बिहान ११ बजेका लागि सांसदलाई निम्तो पठाउन लागिएको पोखरेलले बताए । १ बजेदेखि सपथको कार्यक्रम सुरु हुने छ । त्यसअघि १३ गते नै जेष्ठ सदस्यले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग सपथ लिने छन् । गण्डकीमा पर्वतबाट निर्वाचित मित्रलाल बस्याल सबैभन्दा जेष्ठ सदस्य हुन् । प्रदेश प्रमुखबाट सपथ लिएपछि भोलिपल्ट अन्य सांसदलाई उनले नै सपथ गराउने छन् ।

उनी सभामुख निर्वाचित नहुँदासम्मका लागि सभाध्यक्ष समेत हुनेछन् । ६० सदस्यीय गण्डकीमा २७ सीट कांग्रेस, २२ सीट एमाले, ८ सीट माओवादी, २ सीट राप्रपा र १ सीट एकीकृत समाजवादीको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : २० बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि