सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु « Khabarhub

सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कावासोती– सामुदायिक विद्यालयमा पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन् । चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वृद्धि वर्षकोरुपमा अगाडि बढाएको कावासोती नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्यरूपमा उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गराएको नगर शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए ।

कक्षा कोठामा शिक्षकले आधार परीक्षा लिएर विद्यार्थीको स्तर पत्ता लगाई कमजोर, मध्यम र उत्तम गरी तीन समूहमा विभाजन गरेर कक्षा सञ्चालन गर्ने गरिएको अधिकृत पाण्डेले बताए । कमजोर विद्यार्थीलाई बिहान ०९ देखि १० बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म सम्बन्धित विषय शिक्षकले विद्यार्थीको आवश्यकताअनुसार शिक्षण गर्न विगत एक महिनादेखि सुरु गरिएको छ । आधार परीक्षामा राम्रा देखिएका विद्यार्थीलाई उनीहरुको सिकाइस्तर घटन नदिने गरी कक्षा कोठामानै शिक्षण गरिएको पाण्डेले बताए। 

वार्षिक परीक्षामा विद्यार्थीको राम्रो नतिजा ल्याउने उद्देश्यका साथ तत्कालका लागि दुई महिना कक्षा सञ्चालन गरिएको र यसको प्रभावकारीता हेरेर आगामी शैक्षिक सत्रसमेतमा सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।

पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि पुरा गर्न अधिकांश विद्यार्थीले नसकेपछि नगरपालिकाले चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वर्षका रुपमा अगाडि बढाएको हो । अहिले सञ्चालन गरिएको उपचारात्मक कक्षाले सिकाइ उपलब्धि वृद्धि हुने पाण्डेले विश्वास व्यक्त गरे। सामुदायिक विद्यालयमा मात्रै सञ्चालन भएका उपचारात्मक कक्षा संस्थागत विद्यालयसमेतमा सञ्चालन गर्न आग्रह गरिएको पाण्डेले बताए ।

विद्यालयमा शिक्षकले निःशुल्करुपमा कक्षा सञ्चालन गरेपछि अभिभावक पनि खुसी भएका छन् । घरमा विद्यार्थीलाई सिकाउन आफुसमेतलाई गाह्रो भएको अवस्थामा विद्यालयमै शिक्षकले निःशुल्करुपमा कक्षा सञ्चालन गरिदिँदा खुसी लागेको कावासोती ११ की सीता रिजालले बताए। ‘घरमा अभिभावकलाई नटेर्ने, अङ्ग्रेजी गणितजस्ता अप्ठ्यारा विषय सिकाउन गाह्रो थियो, बिहान बेलुका विद्यालयमै पढ्छन्, बाबु नानीलाई पनि व्यस्त बनाएको छ’, उनले भने ।

नगरपालिकाले उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गरेपछि विगत एक महिनादेखि कावासोती नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि पुरा गर्न बिहानै ९ देखि साँझ ५ बजेसम्म विद्यालयमै रहने गरेका छन् । निशुल्करूपमा कक्षा सञ्चालन गरिएको भए पनि सिकाइ उपलब्धि वृद्धि अभियानमा शिक्षकको सहयोग राम्रो रहने गरेको अधिकृत पाण्डेले बताए ।

    

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : २७ बजे

ज्याकारण्डा फूलले सुन्दर बन्यो उपत्यका (तस्बिर)

काठमाडौं– काठमाडौं उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा

सांसद रिमा विश्वकर्माको प्रश्न: जाहेरी नै दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले पीडितको

साताको कार्टुन : खिल निकाल्ने वर्ष

काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक क्षेत्र ओगटेर बनेका अव्यवस्थित बस्ती

आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

काठमाडौँ- वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ

राधास्वामीको टहरामा सुकुम्बासी: टेन्टभित्रको रात, खाजामा भुजा र चिया

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन