उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले शनिबार क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले तीनवटा “अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र’’ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले पाँच वटा ड्रोनहरू दक्षिण कोरियाली सीमा पारीको हवाई क्षेत्रमा उडेको केही दिनपछि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

उत्तर कोरियाले पूर्वी सागरमा छोटो दूरीका तीन अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उक्त क्षेप्यास्त्र जापनी सागरमा खसेको बताइएको छ ।

कोरियाली प्रायद्वीपमा सैन्य तनाव यस वर्ष तीव्र रूपमा बढेको छ । उत्तरले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपण सहित यस वर्ष हतियार परीक्षणको अभूतपूर्व प्रदर्शन गरेको छ ।

उत्तर कोरियाले सन् २०२३ मा पनि अझै क्षेप्यास्त्र प्रहार गर्ने सम्भावना छ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले यस हप्ता सन् २०२३ को लागि आफ्नो योजनाहरूको रूपरेखा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ४ : ३८ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि