'मोडल अफ इरा' को उपाधि निशिका र रोहनलाई | Khabarhub Khabarhub

 ‘मोडल अफ इरा’ को उपाधि निशिका र रोहनलाई


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौंकृजोना मिडिया ग्रुपले आयोजना गरेको ‘मोडल अफ इरा’ को चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सीले शीर्ष प्रायोजना गरेको प्रतियोगिताको विजेतासँगै दुवैले २५ हजार रुपैयाँ, अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर प्राप्त गरेका छन् । काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ ९ र पुरुषतर्फ ८ गरी कुल १७ प्रतियोगी सहभागी थिए ।

प्रतियोगितामा अस्मिता मगर र सिद्धान्तराज शाह ‘फस्ट रनर अप’ तथा शिला नेपाली र रोहित शाह ‘सेकेण्ड रनरअप’ भए । प्रतियोगितामा रोहन थापा मगर र जश्मिन कलवार ‘मस्ट पपुलर’, राजा अन्सारी र अस्मिता बुढाथोकी मगर ‘बेष्टवाक’, सिद्धान्तराज शाह ‘बेस्ट फिजिक’, स्रिज्मा केसी ‘बेस्ट फिगर’, डेभिल थापा मगर र समृद्धि रेग्मी ‘बेस्ट पर्सनालिटी’, रवी शाह र निशिका श्रेष्ठ ‘मस्ट कन्फिडेन्ट’, रोहन थापा मगर र शीला नेपाली ‘मस्ट फोटोजेनिक’, रोहित शाह र अप्रिस्का सेढाइ ‘मस्ट ट्यालेन्टेड’, रोहन थापा मगर र छोटी शेर्पा ‘भ्यूवर च्वाइस’ तथा नमोजी  गुप्ता र अञ्जना बुढा ‘बेस्ट स्माइल’ बने ।

प्रतियोगिताको निर्णायकमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडेल युसा मगर, फेशन डिजाइनर मिनु श्रेष्ठ, विशाल श्रेष्ठ, मोडल तथा अभिनेता मनिष राउत र मोडल तथा कलाकार मारिया कार्की  थिए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ४ : ४२ बजे

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  

काठमाडौं– बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँ

दैलेख– जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ