शैलीले १४औँ राष्ट्रिय बालनाटक महोत्सव गर्दै | Khabarhub Khabarhub

शैलीले १४औँ राष्ट्रिय बालनाटक महोत्सव गर्दै


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शैली थिएटरले १४ औँ राष्ट्रिय बालनाटक महोत्सव आयोजन गर्ने भएको छ। माघको अन्तिम हप्ताबाट सुरु हुने महोत्सव १० दिनसम्म रातोपुलस्थित शैली नाटकघर र रुसी सदन कमलपोखरीमा हुनेछ। महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था, नाट्य समूह, विद्यालय लगायतलाई नाटकको स्क्रिप्ट दर्ता गराउन थिएटरले आह्वान गरेको छ।

कोरोना महामारीका कारण दुई वर्ष भर्चुअल रुपमा बाल नाटक महोत्सव सम्पन्न गरेको शैलीले यस वर्ष भने भौतिक उपस्थितिमै महोत्सव गर्न लागेको महोत्सव संयोजक तथा रंगकर्मी सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार रातोपुलस्थित शैली थिएटर र कमलपोखरीस्थित रुसी सदनमा महोत्सव  १० दिनसम्म जारी रहनेछ ।

बालबालिकाको विषयमा समेटिएको र यसभन्दा अघि मञ्चन भएका नाटकसमेत महोत्सवमा समावेश गराइनेछ । जुनसुकै उमेर समूहले अभिनय गर्नसक्ने नाटक एकल वा समूहगत रुपमा कम्तीमा ३० मिनेट र बढीमा ७० मिनेट समयावधिको हुनुपर्नेछ । एउटा नाटकमा पर्दा अगाडि र पछाडि गरी बढीमा १५ जना सम्मको समूह मात्र सहभागी हुन पाइने छ । 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : ०४ बजे

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर

‘पिपुल्स च्वाइस’तर्फ पाँच खेलाडी मनोनयनमा

काठमाडौं – बाइसौँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ अन्तर्गत

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ