शैलीले १४औँ राष्ट्रिय बालनाटक महोत्सव गर्दै « Khabarhub

शैलीले १४औँ राष्ट्रिय बालनाटक महोत्सव गर्दै


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शैली थिएटरले १४ औँ राष्ट्रिय बालनाटक महोत्सव आयोजन गर्ने भएको छ। माघको अन्तिम हप्ताबाट सुरु हुने महोत्सव १० दिनसम्म रातोपुलस्थित शैली नाटकघर र रुसी सदन कमलपोखरीमा हुनेछ। महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था, नाट्य समूह, विद्यालय लगायतलाई नाटकको स्क्रिप्ट दर्ता गराउन थिएटरले आह्वान गरेको छ।

कोरोना महामारीका कारण दुई वर्ष भर्चुअल रुपमा बाल नाटक महोत्सव सम्पन्न गरेको शैलीले यस वर्ष भने भौतिक उपस्थितिमै महोत्सव गर्न लागेको महोत्सव संयोजक तथा रंगकर्मी सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार रातोपुलस्थित शैली थिएटर र कमलपोखरीस्थित रुसी सदनमा महोत्सव  १० दिनसम्म जारी रहनेछ ।

बालबालिकाको विषयमा समेटिएको र यसभन्दा अघि मञ्चन भएका नाटकसमेत महोत्सवमा समावेश गराइनेछ । जुनसुकै उमेर समूहले अभिनय गर्नसक्ने नाटक एकल वा समूहगत रुपमा कम्तीमा ३० मिनेट र बढीमा ७० मिनेट समयावधिको हुनुपर्नेछ । एउटा नाटकमा पर्दा अगाडि र पछाडि गरी बढीमा १५ जना सम्मको समूह मात्र सहभागी हुन पाइने छ । 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : ०४ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक