‘साइनोभ्याक’ खोपबारे डब्लुएचओको निर्णय पर्खँदै सरकार « Khabarhub

‘साइनोभ्याक’ खोपबारे डब्लुएचओको निर्णय पर्खँदै सरकार


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सरकार कोरोना भाइरस विरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को निर्णय पर्खने भएको छ । अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा डब्लुएचओले ‘साइनोभ्याक’ खोपको अनुमति दिएपछि मात्र प्रयोग गर्न भएकाले निर्णय कुरेर बसेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले मौज्दात रहेको ‘साइनोभ्याक’ खोपका सम्बन्धमा डब्लुएचओले निर्णय गरेपछि मात्र प्रयोग गर्न मिल्ने बताए । “साइनोभ्याक खोप बुस्टर डोजका लागि त्यति प्रभावकारी रहेको छैन”, उनले भने, “त्यही भएर हामीले बुस्टर डोजका लागि प्रयोग गरेका छैनाँै । बुस्टर डोजका लागि प्रयोग गर्नका लागि डब्लुएचओले अनुमति दिनुपर्दछ । अनुमति दिएपछि मात्र हामीले प्रयोग गर्छौँ ।”

उहाँका अनुसार डब्लुएचओले अनुमति दिएपछि नेपालको खोप सल्लाहकार समितिले पनि अनुमति दिनुपर्ने हुन्छ, अनि मात्रा प्रयोग गर्न मिल्छ । “डब्लुएचओले नियमित रुपमा खोपको प्रभावकारीताबारे अध्ययन गरिरहेको हुन्छ,” उनले भने, “डब्लुएचओले गरेको अध्ययनमा बुस्टर डोजका लागि प्रयोग गर्न मिल्छ भनेपछि मात्र हामीले प्रयोग गर्दर्छौँ ।” चीन सरकारले सन् २०२२ मार्च २६ र २८ तारिखमा करिब ४० लाख मात्रा ‘साइनोभ्याक’ खोप उपलब्ध गराएको थियो ।

महाशाखा निर्देशक डा लालले कुनै मुलुकलाई प्रयोग गर्न दिन सकिने बताए । सरकारले माथिल्लो तहले नेपाल जस्तै महामारी फैलिएको मुलुकमा प्रयोग गर्न सकिने भएकाले अन्य मुलुकलाई पहिलो र दोस्रो मात्राको प्रयोगका लागि दिन सकिने बताए ।

उनले नेपालमा पनि कुनै ठाउँबाट पहिलो र दोस्रो मात्रा प्रयोग गर्नका लागि माग गरिएमा पठाउन सकिने बताए । आगामी २०२३ को अक्टोबर महिनासम्म उक्त खोपको म्याद रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । अहिले ती खोपलाई केन्द्रीय भण्डारण टेकुमा राखिएको छ । सरकारले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख फाइजर खोप ल्याउन थालेको हो ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : ३२ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक