दुई शिक्षकको भरमा विद्यालय, डेढ सय विद्यार्थी एउटै कक्षामा | Khabarhub Khabarhub

दुई शिक्षकको भरमा विद्यालय, डेढ सय विद्यार्थी एउटै कक्षामा


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो । विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी कार्यरत छन् ।

शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ । यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गर्नुपरिरहेको प्रधानाध्यापक नेतीलाल यादवले बताए । सो विद्यालयमा बालविकास कक्षामा ४० तथा कक्षा १ देखि ८ सम्म दुई सय ६९ विद्यार्थी अध्ध्यनरत छन् ।

कक्षा छ मा ४०, कक्षा सातमा ५७ तथा कक्षा आठमा ५४ विद्यार्थी अध्ययनरत रहेका प्रअ यादवले बताए । “डेढ सय विद्यार्थी एउटै ठाउँमा राखेर पढाउनु परिरहेको छ”, उनले भने, “यसरी कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थीलाई असहज हुने गरेको छ, यो बाहेक हामीसित अरु उपाय छैन ।”

विद्यालयमा निमावि राहततर्फ एउटा तथा प्राथमिक तहमा दुई स्थायी दरबन्दी खाली छ । विद्यालयको समस्याप्रति गाउँपालिका शिक्षा शाखा अनभिज्ञ छ । शाखा प्रमुख दिनेशकुमार मण्डलले यसबारे विद्यालय, गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई जानकारी हुनसक्ने बताए ।
विद्यालयमा चार बजेसम्म पठनपाठन कमै हुने यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् । “दुई बजेपछि विद्यालयमा खासै पढाइ हुँदैन, त्यत्तिक्कै बसेर के गर्नु ?”, कक्षा सातमा अध्ययनरत रञ्जना मण्डलले भनिन्, “सबै विषयको पढाइ कहिल्यै हुँदैन ।”

बालविकास कक्षा सहयोगी निलमकुमारी राम एउटै ठाउँमा धेरै विद्यार्थी राखेर पढाउँदा पठनपाठन प्रभावकारी नहुने बताउँछिन् । “शिक्षक अभावले तीन कक्षाका विद्यार्थी एउटै ठाउँमा राख्नुपर्ने बाध्यता छ, विद्यार्थीलाई सम्हाल्नै मुश्किल हुन्छ ।”

प्रअ यादवका पनि आफ्नै समस्या छन् । “विद्यालयकै कामले विभिन्न ठाउँमा जानुपर्ने हुन्छ, सधैँ विद्यालयमा भइन्न”, उनले भने । विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकाश यादवले दरबन्दी अनुसारको शिक्षक नआउँदासम्म समस्या भइरहने बताउँछन् ।

बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव चाँडै दुई शिक्षक नीजि श्रोतमा राखेर समस्या समाधान गरिने बताउँछन् । विद्यालयमा शिक्षक मात्र होइन फर्निचरको समेत अभाव छ । “सबै विद्यार्थीलाई बस्न बेञ्चको अभाव छ”, प्रअ यादवले भने । विद्यालयसित रहेको सात कठ्ठा जग्गा पनि अतिक्रमणको चपेटामा परेको छ । विद्यालयको पर्खाल समेत छैन । प्रदेश सामाजिक विकास मन्त्रलयअन्तर्गतको सामाजिक विकास एकाइको सहयोगमा रु २५ लाखको लागतमा हालै दुईकोठे पकी भवन निर्माण गरिएको छ । रु ५० लाखको लागतमा यहाँ चारकोठे भवन निर्माण गरिँदैछ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  २ : ०४ बजे

परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह

लालबन्दी– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन

हटाउन लागिएको हो कुलमानलाई ? माओवादीले जनायो संसद्‍मा आपत्ति

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट

सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न