शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय « Khabarhub

शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले साशकीय सुधार गर्ने पहिलो निर्णय गरेका छन् । बिहीबार आयोजित सपथ कार्यक्रमपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री रावलले शासकीय प्रणालीमा सुधार गर्ने निर्ण गरेका हुन् ।

त्यसका लागि मुख्यमन्त्री रावलले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल समेत गठन गरेका छन् ।

उक्त कार्यदलमा सबै मन्त्रालयका सचिव सदस्य रहेका छन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ९ : ०४ बजे

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको