शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय | Khabarhub Khabarhub

शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले साशकीय सुधार गर्ने पहिलो निर्णय गरेका छन् । बिहीबार आयोजित सपथ कार्यक्रमपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री रावलले शासकीय प्रणालीमा सुधार गर्ने निर्ण गरेका हुन् ।

त्यसका लागि मुख्यमन्त्री रावलले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल समेत गठन गरेका छन् ।

उक्त कार्यदलमा सबै मन्त्रालयका सचिव सदस्य रहेका छन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ९ : ०४ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले